पत्रकार किशोर श्रेष्ठ जोडिएको घटनाबारे चिनियाँ दूतावासको चासो, गहिरो छानबिन गर्न आग्रह
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले केही नेपाली सञ्चारमाध्यमका पत्रकारलाई चिनियाँ नागरिकले घुस दिन खोजेको भन्ने सामाजिक सञ्जालमा फैलिएको अडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ र एक चिनियाँ नम्बरबाट फोन गर्ने व्यक्तिबीचको संवादलाई लिएर दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । केही नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन चिनियाँ नागरिकले पत्रकारहरूलाई प्रलोभन पार्न खोजेको भन्ने हल्लाप्रति दूतावासले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै हल्लालाई ‘भ्रामक र कपोलकल्पित’ भन्दै पूर्ण रूपमा खण्डन गरेका छन् ।
दूतावासले यस्ता गतिविधिलाई चीनविरुद्ध गरिएको नियोजित बदनाम प्रयासका रूपमा व्याख्या गर्दै कडा शब्दमा निन्दा गरेको छ । साथै, चीनले सधै अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त पालना गर्दै आएको स्पष्ट पार्दै दूतावासले यस्ता हल्लाहरू चीनको बदनाम गर्ने उद्देश्यले फैलाइएको बताएको छ ।
दूतावासले यस घटनाको छानबिन गरेर त्यसमा प्रत्यक्ष संलग्न व्यक्ति र योजनाकारलाई नेपालको कानुन अनुसार कडा कारबाही गर्न समेत नेपाल सरकारलाई अनुरोध गरेको छ ।
केही दिन अघि कालो चस्मा र मास्क लगाएकी एक युवतीले सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालय गेटमा एक रक्सीको बोतल र ५० हजार रुपैयाँ नगद छोडेर गएकी थिइन् । त्यसअघि एक व्यक्तिले चिनियाँ नम्बरबाट सम्पादक श्रेष्ठलाई फोन गरेर पूर्वगृहमन्त्री रास्वपा सांसद सुदन गुरुङविरुद्ध नकारात्मक समाचार लेख्न प्रस्ताव गरेका थिए । श्रेष्ठले दिएको स्पष्टीकरणमा उक्त प्रस्ताव अस्वीरकार गरे पनि एक युवतीले रक्सीको बोतल र ५० हजार रुपैयाँ कार्यालय गेटमा छोडेर हिँडेकी थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पत्रकार किशोर श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्