संखुवासभाको चैनपुरमा गर्भवती र सुत्केरीलाई राहत

संखुवासभाको चैनपुर नगरपालिका स्थित सबै वडाका निम्न आय स्तर भएका सुत्केरी तथा गर्भवती महिलाहरुलाई चैनपुर नगरपालिकासँगको समन्वयमा समाज स्पर्श समिति चैनपुर र एक्सन एड नेपालको साझेदारीमा राहत वितरण भैरहेको समाज स्पर्श समितका अध्यक्ष लव कुमार श्रेष्ठले वताउनुभयो ।
पोषक युक्त खानेकुरा सहित राहत चामल १ बोरा, मुसुरो दाल २ केजी, गेडागुडी २ केजी, तेल १ केजी, नुन २ केजी, ६सय ७० ग्राम, चिनी १ केजी, ज्वानो १ पावा, प्रति महिलालाई वितरण गरेको छ ।
यसैगरी कोभिड १९ सुरक्षा सामाग्रीहरु साबुन ३ वटा, लगाधुने साबुन ३ वटा, माक्स १० वटा र सुत्केरी महिलाहरुको लागि सेनेटरी प्याड समेत वितरण गरिएको राहत वितरण समुहका सदस्य खगेन्द्र डाँगीले वताउनुभयो ।
यसरी वितरण गरिएको राहत प्रति गर्भवती महिलालाई २ हजार ७ सय ५० र सुत्केरी महिलालाई १ सय ३० वरावरको सेनेटरी प्याड थप गरी २ हजार ८ सय ८० वरावरको रकम पर्न आउने समेत डाँगीले वताउनुभयो ।
विश्वभर फैलिरहेको कोरना भाइरसको कारण नेपालमा पनि यसको रोकथाम गर्न सरकारले जारी गरेको लकडाउनको समय भए पनि सामाजिक दुरी कायम गर्दै नगरको ११ वटै वडाहरुमा रहेका १५३ सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत वितरण गर्ने लक्ष सहित वितरण गरिएको हो ।
मंगलबार सम्ममा वडा नं २ मा ११ जना, ३ मा ११ जना, ४ मा १३ जना, ५ मा ११ जना, ९ मा १७ जना, ८ मा १९ जना, १० मा १६ जना र वडा नं.११ मा २० जनालाई राहत वितरण गरिसकेको स्पर्श समितिका अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
तपाईको कमेन्ट लेख्नुहोस्