संखुवासभाको चैनपुरमा गर्भवती र सुत्केरीलाई राहत
संखुवासभाको चैनपुर नगरपालिका स्थित सबै वडाका निम्न आय स्तर भएका सुत्केरी तथा गर्भवती महिलाहरुलाई चैनपुर नगरपालिकासँगको समन्वयमा समाज स्पर्श समिति चैनपुर र एक्सन एड नेपालको साझेदारीमा राहत वितरण भैरहेको समाज स्पर्श समितका अध्यक्ष लव कुमार श्रेष्ठले वताउनुभयो ।
पोषक युक्त खानेकुरा सहित राहत चामल १ बोरा, मुसुरो दाल २ केजी, गेडागुडी २ केजी, तेल १ केजी, नुन २ केजी, ६सय ७० ग्राम, चिनी १ केजी, ज्वानो १ पावा, प्रति महिलालाई वितरण गरेको छ ।
यसैगरी कोभिड १९ सुरक्षा सामाग्रीहरु साबुन ३ वटा, लगाधुने साबुन ३ वटा, माक्स १० वटा र सुत्केरी महिलाहरुको लागि सेनेटरी प्याड समेत वितरण गरिएको राहत वितरण समुहका सदस्य खगेन्द्र डाँगीले वताउनुभयो ।
यसरी वितरण गरिएको राहत प्रति गर्भवती महिलालाई २ हजार ७ सय ५० र सुत्केरी महिलालाई १ सय ३० वरावरको सेनेटरी प्याड थप गरी २ हजार ८ सय ८० वरावरको रकम पर्न आउने समेत डाँगीले वताउनुभयो ।
विश्वभर फैलिरहेको कोरना भाइरसको कारण नेपालमा पनि यसको रोकथाम गर्न सरकारले जारी गरेको लकडाउनको समय भए पनि सामाजिक दुरी कायम गर्दै नगरको ११ वटै वडाहरुमा रहेका १५३ सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत वितरण गर्ने लक्ष सहित वितरण गरिएको हो ।
मंगलबार सम्ममा वडा नं २ मा ११ जना, ३ मा ११ जना, ४ मा १३ जना, ५ मा ११ जना, ९ मा १७ जना, ८ मा १९ जना, १० मा १६ जना र वडा नं.११ मा २० जनालाई राहत वितरण गरिसकेको स्पर्श समितिका अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्