Techie IT
आईतबार, जेठ १०,२०८३

ट्रम्प ह्वाइट हाउसभित्रै रहेको बेला नजिकै गोलीबारी, गोली चलाउने मारिए


काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टनस्थित ह्वाइट हाउस नजिकै शनिबार फेरि गोलीबारी भएको छ । घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्र थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार, संदिग्ध व्यक्ति ह्वाइट हाउसको वेस्ट गेट नजिकैको चेकपोइन्टमा पुगे र अचानक गोली चलाउन थाले । उनले करिब ३० राउन्ड गोली चलाएका थिए । त्यपछि सिक्रेट सर्विसका एजेन्टहरूले जवाफी गोली चलाउँदा संदिग्ध व्यक्ति घाइते भए र उनको अस्पतालमा मृत्यु भयो ।

गोलीबारीमा एक सर्वसाधारण पनि घाइते भएका छन् । उनी आक्रमणकारीको गोली लागेर घाइते भएका हुन् वा जवाफी कारबाहीमा घाइते भएका हुन् भन्नेबारे खुलेको छैन । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले घटनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् ।

केही दिन अघि मात्र राष्ट्रपति ट्रम्पकी छोरी इभान्कालाई पनि ज्यान मार्ने धम्की आएको थियो । यस घटनामा संलग्न एक इराकी नागरिकलाई पक्राउ गरिएको थियो । उनी इरानी सेनासँग जोडिएका थिए ।

संदिग्ध व्यक्तिसँग इभान्का र उनका पति जारेड कुशनरको फ्लोरिडास्थित घरको ब्लूप्रिन्ट पनि फेला परेको थियो ।

facebook sharing button

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ट्रम्प ह्वाइट हाउसभित्रै रहेको बेला नजिकै गोलीबारी


तपाईको कमेन्ट लेख्नुहोस्