अमेरिकाको ‘ग्रीन कार्ड’ प्रक्रिया परिवर्तन, लाखौं आप्रवासी अमेरिका छाड्न बाध्य
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ सम्बन्धी प्रक्रिया कडा बनाएपछि हजारौं आप्रवासी प्रभावित हुने सम्भावना देखिएको छ। नयाँ व्यवस्थाका कारण धेरै आप्रवासी अमेरिका छाडेर पुनः आवेदन दिन बाध्य हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सीएनएनका अनुसार, अस्थायी भिसामा अमेरिका बसिरहेका तथा अमेरिकाभित्रैबाट ग्रीन कार्ड प्रक्रियामा रहेका व्यक्तिहरूलाई नयाँ नीतिले प्रत्यक्ष असर पार्नेछ। ट्रम्प प्रशासनले अमेरिकाभित्रैबाट कानुनी स्थिति परिवर्तन गर्ने सुविधा सीमित गरेपछि धेरै आवेदकले आफ्नो प्रक्रिया पूरा गर्न आफ्नै देश वा तेस्रो देशस्थित अमेरिकी दूतावासमा पुगेर पुनः आवेदन दिनुपर्ने अवस्था आउन सक्छ।
आप्रवासन कानुन विशेषज्ञहरूले यसले हजारौं परिवार, विद्यार्थी, कामदार तथा पेशेवरलाई अन्योलमा पार्ने बताएका छन्। केही अधिकारकर्मी र कानुन व्यवसायीले नयाँ व्यवस्थाले “आत्मनिर्वासन” जस्तै अवस्था सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।
उनीहरूका अनुसार, अमेरिका छाडेपछि पुनः प्रवेश अनुमति नपाउने जोखिमसमेत धेरै आवेदकमा रहनेछ।
यता, नयाँ नीतिले प्रविधि, स्वास्थ्य तथा अनुसन्धान क्षेत्रमा कार्यरत दक्ष जनशक्तिमा असर पर्ने भन्दै अमेरिकी कम्पनीहरूले पनि चिन्ता व्यक्त गरेका छन्। विशेषगरी कार्य भिसामा रहेका हजारौं कर्मचारी प्रभावित हुन सक्ने बताइएको छ।
ट्रम्प प्रशासनले भने आप्रवासन प्रणालीलाई थप कडा र व्यवस्थित बनाउन यस्तो कदम आवश्यक रहेको जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार नयाँ नियमको उद्देश्य कानुनी प्रक्रियाको दुरुपयोग रोक्नु र राष्ट्रिय सुरक्षा मजबुत बनाउनु हो।
सीएनएनका अनुसार, नयाँ नीतिपछि विभिन्न आप्रवासी समुदायमा त्रास र अन्योल बढेको छ। धेरै परिवारले आफ्नो भविष्य, रोजगारी तथा बालबालिकाको शिक्षाबारे चिन्ता व्यक्त गरेका छन्।
आप्रवासन अधिकारसम्बन्धी समूहहरूले भने नयाँ नीतिविरुद्ध अदालत जाने तयारी भइरहेको संकेत दिएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिकाको ‘ग्रीन कार्ड’ प्रक्रिया परिवर्तन, #लाखौं आप्रवासी अमेरिका छाड्न बाध्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्