देउवा समूहको अनामनगर कार्यालयमा छुट्टै जमघट
काठमाडौं । नेपाली काँग्रेस संस्थापनइतर समूहको कार्यालयमा युवा समुहको जमघट देखिन थालेको छ । अनामनगरस्थित शिखर फुडल्यान्डबाट सिदै पूर्व जाने बाटोमा रहेको घरमा संस्थापनइतर समूहले २ महिनाअघि सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको थियो ।
उक्त कार्यालयमा पूर्व केन्द्रीय सदस्य, विभिन्न भ्रातृ संगठनका प्रतिनिधि तथा अन्य नेताहरूको उपस्थिति देखिएको छ । कार्यालय परिसरमा नेपाली काँग्रेसको चारतारे झण्डासँगै पार्टीका विभिन्न ऐतिहासिक नेताहरूका तस्बिरहरू समेत सजाइएका छन् ।
पार्टी गतिविधि समन्वय र आगामी महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय स्थापना गरिएको नेता गुरु बरालले बताए । संस्थापनइतरको सम्पर्क कार्यालय भनिए पनि पूर्वसभापति शेरबहादुर देउवाको सारथीहरु भने त्यहाँ पुगेका छैनन् ।
पूर्वउपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधि र पूर्वप्रवक्ता डा. प्रकाशशरण महतलगायतका नेताहरु कोही पनि त्यहाँ पुगेका छैनन् ।
हालको सम्पर्क कार्यालयभन्दा अगाडिको घर कांग्रेस नेता राजेन्द्र बजगाईंको घर हो । १३ औं महाधिवेशनमा उक्त घर बजगाईंले शेरबहादुर देउवाको सचिवालय सञ्चालन गर्न दिएका थिए । उक्त सचिवलाय वर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठ, डा. महत र पूर्वमुख्यसचिव कृष्णप्रसाद पौडेल र सञ्चारकर्मी परशु घिमिरेले सञ्चालन गरेका थिए ।
हाल अनामनगरमा खोलिएको उक्त कार्यालयमा कास्कीका युवा नेता गुरु बराल, ललितपुरका नेता जितजंग बस्नेत, बाग्लुङका जीत शेरचन, दोखलाका कुन्दन काफ्ले र मोरङका केदार कार्कीलगायत नेताहरूको सहभागिता रहेको जनाइएको छ ।
तीमध्ये बस्नेत राष्ट्रियसभामा, काफ्ले पूर्व केन्द्रीय सदस्य तथा प्रदेश सांसद हुन् भने शेरचन हाल बागलुङ काँग्रेस सभापति तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीको जिम्मेवारीमा छन् । यस्तै कार्की कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन् भने बराल कास्कीका युवा नेता हुन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठका अनुसार कार्यालयको उद्देश्य नयाँ राजनीतिक दल गठन नभई पार्टीभित्रको एकता मजबुत बनाउँदै महाधिवेशन तयारीमा सहयोग पु¥याउनु हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #देउवा समूहको अनामनगर कार्यालयमा छुट्टै जमघट, #देउवा समूहको सम्पर्क कार्यालयमा युवाहरुको जमघट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्