Techie IT
आईतबार, जेठ १०,२०८३

तारकेश्वरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका ट्राफिक इन्स्पेक्टर अभयको अन्त्येष्टि, गृहमन्त्रीले हाले शवमा काँध


तारकेश्वरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिका क्रममा गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भई उनको शवमा काँध हालेर श्रद्धाञ्जली अर्पण गरेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा निधन भएको थियो। उनको निधनप्रति प्रहरी संगठन तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गरेका छन्।

तारकेश्वर नगरपालिका–८ डाँडागाउँमा भएको दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए। रामेछाप घर भएका लामा कार्यालयको काम सकेर राति फुटुङस्थित डेरातर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

प्रहरीका अनुसार, उनले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा उनको टाउको, अनुहार, हातखुट्टा र छातीमा गम्भीर चोट लागेको थियो।

घाइते लामालाई उपचारका लागि B&B अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामा


तपाईको कमेन्ट लेख्नुहोस्