रास्वपासहित विभिन्न पार्टीबाट ३ सय ५० भन्दा बढी एमाले प्रवेश
दमक । निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले)मा प्रवेश गर्नेहरुको लहर बढेको छ । यसैक्रममा झापाको क्षेत्र नं. ५ स्थित दमक ४ बाट ३ सय ५० जनाभन्दा बढी एमालेमा प्रवेशमा प्रवेश गरेका छन् ।
आज धरधरे टोलमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दल परित्याग गरि उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।
विगतमा समेत एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यो क्षेत्रको विकास भएको र आगामी दिनमा पनि ओली बाहेक अरुले विकासको अगुवाई गर्न नसक्ने ठहर गरी एमालेमा प्रवेश गरेको उनीहरुले बताए । यसअघि समेत रास्वपाका क्षेत्रीय नेताहरुसहित विभिन्न व्यक्ति एमालेमा प्रवेश गरिसकेका छन् ।
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रबाट एमाले अध्यक्ष ओली उम्मेदवार रहेका छन् ।




क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपासहित विभिन्न पार्टीबाट ३ सय ५० भन्दा बढी एमाले प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्