Techie IT
बिहीबार, असार १८,२०८३

सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएकी बंगलादेशी युवानेतृ जारा तेस्रो स्थानमा


बंगलादेशमा सम्पन्न संसदीय निर्वाचनमा चर्चित उम्मेदवार तास्निम जारा पराजित भएकी छन्। सामाजिक सञ्जाल Facebook मा ७५ लाखभन्दा बढी फलोअर्स भएकी जारा चुनावमा तेस्रो स्थानमा सीमित भइन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार भकुन्डो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकी उनले राजधानी Dhaka को क्षेत्र नम्बर ९ बाट ४४ हजार ६ सय ८४ मत प्राप्त गरिन्। उक्त क्षेत्रमा Bangladesh Nationalist Party का उम्मेदवार हाबिबुर रसिद १ लाख ११ हजार २ सय १२ मतसहित विजयी भए।

पेसाले चिकित्सक तथा ३१ वर्षीया जारा विद्यार्थी आन्दोलनबाट उदाएकी नेतृका रूपमा चिनिन्छिन्। उनलाई यस निर्वाचनमा बलियो उम्मेदवारका रूपमा हेरिएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गलादेशी युवानेतृ जारा तेस्रो स्थानमा


तपाईको कमेन्ट लेख्नुहोस्