Techie IT
बुधबार, असार १७,२०८३

वीपी मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा गौतम नियुक्त


काठमाडौं, २५ वैशाख । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतम नियुक्त भएका छन्।

काठमाडौंमा बिहीबार बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले गौतमलाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीको संयोजत्वमा गठित सिफारिस समितिले डा गौतमलाई कार्यकारी निर्देशकमा सिफारिस गरेपछि बोर्डले नियुक्त गरेको बोर्ड सदस्य निशा अधिकारीले जानकारी दिइन्।

सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो। बोर्ड सदस्य अधिकारीका अनुसार उनले बिहीबारै शपथग्रहण गरेका छन्। रासस


क्याटेगोरी : समाचार
ट्याग : #वीपी कोइराला


तपाईको कमेन्ट लेख्नुहोस्