काठमाडौंका स्थानीय तहमध्ये टोखा नगरपालिकाको न्यूनतम बेरुजु, वित्तीय अनुशासनमा उत्कृष्ट
काठमाडौं । तीन तहका सरकारमध्ये स्थानीय तहमा बेरुजु बढी देखिने अवस्थामा काठमाडौंका स्थानीय तहमध्ये टोखा नगरपालिकाले न्यूनतम बेरुजु कायम गर्दै वित्तीय अनुशासन, सुशासन र पारदर्शितामा उदाहरणीय सफलता हासिल गरेको छ।
महालेखा परीक्षकको कार्यालय ले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन अनुसार काठमाडौंका १० स्थानीय तहमध्ये टोखा नगरपालिकाको बेरुजु दर सबैभन्दा कम ०.३६ प्रतिशत रहेको छ।
बजेट कार्यान्वयन, लेखा पारदर्शिता तथा वित्तीय अनुशासनको मामिलामा टोखा नगरपालिका अन्य स्थानीय तहको तुलनामा अग्रस्थानमा देखिएको छ। प्रशासनिक, आर्थिक तथा नीतिगत रूपमा जिम्मेवार ढंगले काम गर्दै आएको नगरपालिकाले पारदर्शितालाई उच्च प्राथमिकतामा राखेको छ।
नगर प्रमुख प्रकाश अधिकारीका अनुसार बजेट जथाभावी वा आफूखुसी खर्च गर्ने, उत्पादनमुखी क्षेत्रभन्दा बाहिर बजेट परिचालन गर्ने प्रवृत्तिका कारण बेरुजु बढ्ने गरेको छ। उनले बढी बेरुजु भएका स्थानीय तहहरूले वित्तीय अनुशासन, पारदर्शिता र सुशासनमा विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ ।
नगर प्रमुख अधिकारीले भने, “बेरुजु शून्य कायम गर्न वित्तीय अनुशासन कायम गर्नैपर्छ। सुशासन र पारदर्शितालाई बढावा दिने, बजेटलाई आफूखुसी परिचालन नगर्ने र व्यवस्थाभित्र बसेर काम गर्ने हो भने बेरुजु स्वतः शून्य हुन्छ। सिस्टमभित्र बसेर काम गर्नुपर्छ। यति भइसकेपछि बेरुजु पनि शून्यमा झर्छ।”
त्यसैगरी, काठमाडौंका स्थानीय तहमध्ये तारकेश्वर नगरपालिका मा बेरुजु दर सबैभन्दा बढी देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार तारकेश्वर नगरपालिकाको बेरुजु दर ३.९६ प्रतिशत रहेको छ।
टोखा नगरपालिकाको यो उपलब्धिलाई सुशासन, वित्तीय अनुशासन, पारदर्शिता र उत्तरदायी प्रशासनको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंका स्थानीय तहमध्ये टोखा नगरपालिकाको न्यूनतम बेरुजु, #वित्तीय अनुशासनमा उत्कृष्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्