Techie IT
मंगलबार, माघ २१,२०८२

तोलामा साढे १३ हजारले घट्यो सुनको भाउ


नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ।

आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार यो मूल्य तीन लाख रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको भाउ पनि घटेको छ। चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले कम भई पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यो मूल्य ५ हजार ५०० रुपैयाँ थियो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्