Techie IT
बिहीबार, वैशाख १०,२०८३

चुनावमा सवा १९ अर्ब रुपैयाँ सरकारी खर्च हुने अनुमान


सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगसहित तीन निकायलाई १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चितता गरेको बताइरहँदा विज्ञहरूले अकासिँदै गएको चुनावी खर्च नेपालका लागि चुनौती बनिरहेको बताएका छन्।

अर्थ मन्त्रालयका प्रवक्ताले यस पटक गृह मन्त्रालयलाई १० अर्ब ४९ करोड, रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरिएको बताएका छन्।

अधिकारीहरूले यस पटक सबैभन्दा धेरै खर्च निर्वाचन सुरक्षामा हुन लागेको भन्दै ४ अर्ब रुपैयाँभन्दा बढी रकम मतदान र त्यससँग जोडिएका गतिविधिमा खर्च हुने बताएका छन्।

अघिल्लो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले ६ अर्ब ६७ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। अघिल्लो पटकको चुनावमा सुरक्षामा लगभग साढे ११ अर्ब रुपैयाँ खर्च भएको थियो।

यसपालि चुनावमा उम्मेदवारहरूले खर्च गर्न पाउने सीमा जिल्ला अनुसार आयोगले २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म तोकेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चुनावमा सवा १९ अर्ब रुपैयाँ सरकारी खर्च हुने अनुमान


तपाईको कमेन्ट लेख्नुहोस्