दरबारमार्गस्थित ब्ल्याक आउट डान्सबारमा आगलागी
दरबारमार्गमा सञ्चालित ‘ब्ल्याक आउट’ डान्स बारमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागी अहिले नियन्त्रणमा आइसकेको छ। यद्यपि क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।
आगलागी नियन्त्रणका लागि बारुण यन्त्र कार्यालय काठमाडौंबाट चार वटा दमकल घटनास्थलमा खटाइएका थिए। प्रारम्भिक अनुमानअनुसार क्लबको किचनबाट आगो सल्किएको हुन सक्ने बताइएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्