रास्वपामाथि प्रचण्डको आरोप: विचार र सिद्धान्तको खडेरी, सोसल मिडियामै सीमित राजनीति
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोसल मिडियामार्फत स्टन्टबाजी गर्दै जनतामा भ्रम फैलाइरहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षधरबीचको एकता घोषणा कार्यक्रममा बोल्दै उनले रास्वपामा विचार र सिद्धान्तको खडेरी रहेको दाबी गरे। त्यसैका कारण निर्वाचनका बेला सोसल मिडियामा स्टन्टबाजी गर्नु बाहेक अन्य राजनीतिक गतिविधि देखिन नसकेको उनको भनाइ थियो।
‘घण्टी बजाएर मात्रै केही हुनेवाला छैन। अहिले सिद्धान्त र विचारको खडेरी छ, सोसल मिडियामा स्टन्टबाजीको भरमा जनताको दिमाग चाट्ने काम भइरहेको छ,’ प्रचण्डले भने, ‘यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सक्छौं।’
उनले मुलुक र जनताको हितका लागि सबै वामपन्थी शक्तिहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
‘बाँकी रहेका युवा र पुराना सबै कमरेडहरूले सोच्नुपर्छ— हामी सबै मिलेर एउटा विशाल समाजवादी भवन निर्माण गरौं। त्यसले मात्रै देश र जनताको सेवा गर्न सक्छ,’ प्रचण्डले बताए।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्