हिउँदे अधिवेशन नजिकिँदै, कोशी प्रदेशमा एमालेको प्रमुख सचेतक चयन चासोको विषय
कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्ने तयारी अघि बढाइएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी भएपछि लामो समयदेखि प्रदेश सभा बैठक बस्न सकेको थिएन।
आगजनीबाट क्षति पुगेपछि प्रदेश सभा बैठक मोरङको कटहरीस्थित तरकारी बजार क्षेत्रमा सारेर बस्ने तयारी गरिएको हो। प्रदेश सभा सचिवालयले बैठक बस्ने हलको व्यवस्थापन कार्य सम्पन्न गरिसकेको छ। हल निर्माण पूरा भएसँगै माघ २२ देखि २५ गतेभित्र प्रदेश सभा बैठक बोलाउने तयारी थालिएको छ।
मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेश सभा बैठक अब धेरै समय ढिला नगर्ने तयारीमा मुख्यमन्त्री देखिएका छन्। सोही अनुसार माघ २२ देखि २५ गतेभित्र अधिवेशन आव्हान गर्ने योजना बनाइएको हो।
प्रदेश सभा बैठकको तयारी भइरहँदा नेकपा एमाले भने हाल प्रमुख सचेतकविहीन अवस्थामा रहेको छ। एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेप सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि प्रमुख सचेतक पद रिक्त भएको हो।
नेकपा एमालेबाट हाल तीन जना प्रदेश सभा सदस्य प्रमुख सचेतक बन्ने दौडमा छन्। तीमध्ये तेह्रथुमका प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालको नाम पहिलो प्राथमिकतामा रहेको बताइन्छ। मन्त्री बनाउने आश्वासन पूरा गर्न नसकेपछि दुलाललाई प्रमुख सचेतक बनाएर व्यवस्थापन गर्ने तयारीमा मुख्यमन्त्री देखिएको स्रोतको भनाइ छ।
दुलाल तेह्रथुम जिल्लामा लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय व्यक्ति हुन्। उनी २०७९ सालको प्रदेश सभा निर्वाचनमा तेह्रथुम क्षेत्र नम्बर १ (१०) बाट निर्वाचित भएका थिए। २०३५ सालदेखि निरन्तर पार्टी राजनीतिमा सक्रिय दुलाल २०५४ सालमा जिल्ला विकास समितिको सभापति समेत भइसकेका अनुभवी नेता हुन्।
प्रदेश सभा भित्र नागरिक र जनजीविकाका सवालमा सक्रिय भूमिका निर्वाह गर्दै आएका दुलाल हाल पनि नेकपा एमाले कोशी प्रदेश कमिटीको सचिवालय सदस्य रहेका छन्।
यस्तै, सुनसरी १ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य रमेश बस्नेत र झापाका छवि चुँडाल पनि प्रमुख सचेतक बन्ने दौडमा छन्। मुख्यमन्त्री स्रोतका अनुसार यी तीन जनामध्ये एक जनालाई दलको प्रमुख सचेतक बनाउने तयारी भइरहेको छ।
उता, नेपाली कांग्रेसका सचेतक शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएपछि कांग्रेसतर्फ पनि सचेतक पद हाल रिक्त रहेको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्