Techie IT
बुधबार, माघ १५,२०८२

संसद् भवन जलाउनेलाई रास्वपाले बनायो उम्मेदवार


काठमाडौं । जेनजी आन्दोलनको क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा विध्वंस मच्चाउने घटनामा संलग्न देखिएका कृष्णकुमार कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनाएको खुलेको छ ।

गत भदौ २४ गतेको घटनामा कार्की संसद् भवनभित्र प्रवेश गरी कुर्सी जलाउने र तोडफोड गर्ने व्यक्तिहरूमध्ये एक भएको खुलेको हो । सोही दिन संसद् परिसरमा भएको तोडफोड र आगजनीका दृश्यहरू कार्की आफैले पनि सामाजिक सञ्जालमा राखेका थिए । ती दृश्यहरू अहिले फेसबुक, टिकटक लगायतमा भाइरल भइरहेको हो ।

संसद् भवन जलाउनुका साथै राष्ट्रिय सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिलाई रास्वपाले कसरी उम्मेदवार बनाउन योग्य देख्यो भन्नेबारे पनि सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ ।

मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की जापानमा बस्दा रास्वपा सभापति रवि लामिछानेलाई ‘सहकारी ठग’ भन्दै सार्वजनिक रूपमा कडा आलोचना गर्दै आएका व्यक्ति हुन् । साथै, संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि कार्कीले लामिछानेलाई जनावरबाहेक सबैले थाहा पाउने गरी दोषी भएको बताएका थिए ।

तर अहिले उनै लामिछानेको रास्वपाबाट कार्की उम्मेदवार बनेपछि पार्टीभित्र असन्तुष्टि बढेको बताइएको छ । कार्की बालेन टिमबाट उम्मेदवार बनेको बुझिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संसद् भवन जलाउनेलाई रास्वपाले बनायो उम्मेदवार


तपाईको कमेन्ट लेख्नुहोस्