अमेरिकाले एकैदिन ९१ नेपालीलाई गर्यो डिपोर्ट
काठमाडौं । अमेरिकाले एकैदिन डिपोर्ट गरेका ९१ जना नेपाली काठमाडौं आइपुगेका छन् । अमेरिकाले उनीहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याएर छाडेको हो ।
डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएपछि यसअघि एकैदिन यति ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरिएको थिएन ।
वरिष्ठ अध्यागमन अधिकृत भण्डारीका अनुसार अमेरिकाबाट डिपोर्ट भएका ९१ जना नेपाली सोमबार काठमाडौं आइपुगेका थिए ।
यसअघि अमेरिकाले डिपोर्ट गरी पठाएका ७५ जना नेपाली पुस ३ गते काठमाडौं आइपुगेका थिए । उनीहरूलाई पनि अमेरिकाले चार्टर विमानमा राखी पठाएको थियो ।
काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका नेपाली काठमाडौं आउनुभन्दा केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिनेगरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।
प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खास गरी उनीहरूलाई अमेरिका पठाउने (मानव तस्कर)का बारेमा उनीहरूसँग सूचना लिने काम प्रहरीले गर्छ ।
अमेरिकाले अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेकोजस्ता आरोप डिपोर्ट भएकाहरूमाथि लगाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अमेरिकाले एकैदिन ९१ नेपालीलाई गर्यो डिपोर्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्