आशिका तामाङ बनिन् धादिङ-१ बाट रास्वपा उम्मेदवार
काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी निर्वाचनमा उम्मेदवार बन्ने भएकी छन्। रास्वपाले उनलाई धादिङ–१ बाट टिकट दिएको छ।
यसअघि तामाङले काठमाडौं–२ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। तर उक्त घोषणाबाट पछि हट्दै उनी आफ्नो जन्मथलो धादिङ–१ बाट रास्वपाको उम्मेदवार बनेकी हुन्।
रास्वपामा आवद्ध हुनुअघि तामाङले ‘जेनजी घाइते’हरूको एजेन्डा अघि सारेकी थिइन्। सो प्रस्तावअनुसार तीन जना जेनजी घाइतेलाई रास्वपाको बन्दसूचीमा समेट्ने तथा पार्टीको केन्द्रीय समितिमा समेत समावेश गर्ने सहमति भएको जनाइएको छ।
तामाङ सरसफाइलगायत विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएकी छन्। उनी जर्मनीको बसाइ त्यागेर निर्वाचन लड्ने उद्देश्यसहित नेपाल फर्किएकी हुन्। धादिङमा उनले यसअघि पनि थुप्रै सामाजिक कार्यहरू गर्दै आएकी छन्।
क्याटेगोरी : समाचार
ट्याग : #आशिका तामाङ बनिन् धादिङ-१ बाट रास्वपा उम्मेदवार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ४तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ५एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ६एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- ७यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ८नेकपाको तर्फबाट काठमाडौं क्षेत्र नं ५ , ६ र ७ मा को को ?






तपाईको कमेन्ट लेख्नुहोस्