Techie IT
बुधबार, साउन १३,२०८३

देउवाको कारबाहीपछि गगन थापा- रुख र चारतारे झन्डा हामीसँग छ’


कांग्रेसको शेरबहादुर देउवा समूहद्वारा गरिएको कारबाहीपछि निष्कासित महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन्।

देउवा समूहको केन्द्रीय समितिको बैठकले थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिँदै थापाले पार्टी आधिकारिक रूपमा नै विशेष महाधिवेशनको पक्षमा उभिएको स्पष्ट पारे।

थापाले भने, “हामीले सभापतिले जिम्मेवारी छोड्दा हुन्छ भनेका थियौँ। असोज २८ गतेको केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गर्दै कार्यवाहक तोकेर जानु नै सम्मानजनक थियो। अब अलमलिनुपर्ने अवस्था छैन। विशेष महाधिवेशनका लागि मनोनयन प्रक्रिया पूरा भइसकेको छ र नामावली सार्वजनिक हुँदैछन्। संवादका प्रयास भए पनि सफल हुन सकेनन्।”

कांग्रेसको आधिकारिकता कसको भन्ने प्रश्नमा उनले थपे, “यहाँ विधिवत् र विधानअनुसार नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ। यही नै वास्तविक कांग्रेस हो।”


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #देउवाको कारबाहीपछि गगन थापा


तपाईको कमेन्ट लेख्नुहोस्