Techie IT
बुधबार, माघ १,२०८२

देउवा पक्षलाई पठाइयो विवाद समाधानका लागि ८ बुँदा , हेर्नूहोस के के ?


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ता गर्न ८ बुँदे प्रस्ताव अघि सारेको छ। प्रस्तावमा आगामी निर्वाचनका लागि महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्ने विषयसमेत समेटिएको छ।

पार्टी विभाजन रोक्ने उद्देश्यले पछिल्ला दिनहरूमा विभिन्न चरणमा शीर्ष नेताहरूबीच छलफल हुँदै आएको छ। मंगलबार मात्र नेताहरूले तीन चरणमा छलफल गरेका थिए। आज बिहान महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरे, तर उक्त छलफलबाट पनि ठोस निकास निस्कन सकेन।

यसैबीच, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। बैठकका लागि नेताहरू पार्टी केन्द्रीय कार्यालयमा भेला हुन थालेका छन्।

विशेष महाधिवेशन पक्षले अघि सारेका ८ बुँदे प्रस्ताव यस प्रकार छन्—

  1. विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने

  2. परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने

  3. सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने र सो क्रममा उम्मेदवारी पत्रमा हस्ताक्षर नगर्ने

  4. उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गर्ने

  5. आगामी निर्वाचनमा एकताबद्ध भएर मैदानमा जाने

  6. कुनै पनि दलसँग गठबन्धन नगरी नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने

  7. नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने

  8. यी सबै कार्यको समन्वय र कार्यान्वयनका लागि पाँच सदस्यीय संरचना गठन गर्ने, जसमा कार्यवाहक सभापति र दुई महामन्त्रीबाहेक थप दुई नेताहरू रहने


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गगन थापा देउवा


तपाईको कमेन्ट लेख्नुहोस्