Techie IT
बुधबार, माघ १,२०८२

सभापतिमा गगनको उम्मेदवारी दर्ता ,विश्वप्रकाश र प्रदीप पौडेलले महामन्त्रीमा दिए उम्मेदवारी


काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समितिका अनुसार सभापति पदमा उनको एकल मनोनयन दर्ता भएको हो ।

महामन्त्रीसहितका पदाधिकारीका पदमा पनि मनोनयन दर्ता भएको निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए ।  यस्तै, संस्थापन पक्षबाट ३० जना केन्द्रीय समिति सदस्य लिएर विशेष महाधिवेशनमा सहभागी हुने पुष्पा भुसालले सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी छन् ।

हाधिवेशनमा महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सभापतिमा गगनको उम्मेदवारी दर्ता


तपाईको कमेन्ट लेख्नुहोस्