कांग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन, यी पदमा हुँदैछ निर्वाचन
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा प्रवेश गरेको छ। संस्थापन पक्षसँग भएको वार्ता सकारात्मक नतिजामा नपुगेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार कांग्रेसको पुरानै विधानअनुसार उम्मेदवार मनोनयन र मतदान प्रक्रिया अघि बढाइनेछ। विशेष महाधिवेशनबाट पारित हुने नयाँ विधान निर्वाचन आयोगबाट प्रमाणीकरण भएपछि मात्रै लागू हुने भएकाले हालका लागि पुरानै विधानमा उल्लेख भएका पदहरूका आधारमा निर्वाचनको तयारी गरिएको उनले स्पष्ट पारे।
कांग्रेसको वर्तमान विधानअनुसार सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ८ जना तथा केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेस विशेष महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्