Techie IT
बिहीबार, वैशाख १०,२०८३

विष्णु पौडेल र वासुदेव घिमिरेबीच बुटवलमा वार्ता, पौडेलले भने- ‘हामी सँगै छौँ’


रूपन्देही । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल पूर्व सांसद वासुदेव घिमिरेसँग छलफलका लागि रूपन्देही पुगेका छन्।

बिहीबार दिउँसो बुटवल पुगेका पौडेलले घिमिरेसँग करिब तीन घण्टासम्म वार्ता गरेका हुन् ।

घिमिरे केही दिनअघि एमाले छाडेर प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही–२ बाट उम्मेदवारी दिने तयारीमा छन्। एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै घिमिरेले पार्टी परित्याग गरेपछि उनलाई रोक्न पौडेल सक्रिय बनेका हुन्।

यसैबीच घिमिरेसँग भेटवार्तापछि एमाले उपाध्यक्ष पौडेलले वार्ता सकारात्मक भएको छनक दिएका छन् । उनले सामाजिक सञ्जालमा वार्तापछिको सामुहिक तस्वीर राख्दै ‘हामी सँगै छौँ’ लेखेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #विष्णु पौडेल र वासुदेव घिमिरे


तपाईको कमेन्ट लेख्नुहोस्