काठमाडौं ६ मा नेकपा बाट अम्बिर बोगटी र हिमाल शर्माको उम्मेदवार सिफारिस
समानुपातिकतर्फ रविन्द्र श्रेष्ठ, रामकुमार थापा र पार्वती थापा
काठमाडौं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ।
प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ व्यवसायी पार्टीको अर्थ तथा योजना बिभागको केन्द्रिय सदस्य रहनु भएको बोगटीअम्बिर बोगटी र पूर्व विद्यार्थी नेता हिमाल शर्मा सिफारिस भएका छन्। बोगटी साबिक सिभिल बैंक (हाल हिमालयन बैंक) का पूर्व अध्यक्ष हुन्। उनीसँग बैंकिङ, पुँजी बजार तथा उद्योग क्षेत्रमा लामो अनुभव रहेको छ।
साढे तीन दशकदेखि पोल्ट्री फिड उत्पादनमा संलग्न बोगटी युका नेपाल इन्भेस्टमेन्ट प्रालि , पार्टीको अर्थ तथा योजना बिभागको केन्द्रिय सदस्य र अमृत मल्टिपल ट्रेडिङ प्रालिका अध्यक्ष समेत हुन्।
यस्तै, प्रतिनिधिसभा समानुपातिकतर्फ रविन्द्र श्रेष्ठ, रामकुमार थापा र पार्वती थापा सिफारिस भएका छन्। राष्ट्रिय सभा सदस्यका लागि भने धनलाल महर्जनको नाम अघि सारिएको छ।
पार्टीले आन्तरिक छलफल र संगठनात्मक सन्तुलनका आधारमा उम्मेदवार सिफारिस गरिएको जनाएको छ। सिफारिस भएका उम्मेदवारहरूले जनताको विश्वास जित्दै लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने अपेक्षा क्षेत्रीय कमिटीले व्यक्त गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं६ मा नेकपा बाट अम्बिर बोगटी र हिमाल शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्