एमालेको समानुपातिक उम्मेदवार चयन : यस्तो छ नामावली
काठमाडौं । नेकपा (एमाले)ले समानुपातिक प्रतिनिधित्वतर्फ उम्मेदवार चयन गर्दा तीन पुस्ताको समायोजन गरेको छ । पुरानो पुस्ताको अनुभव, नयाँ पुस्ताको ऊर्जा र समावेशीतालाई सन्तुलित ढंगले अघि बढाउने प्रयास सूचीमा देखिन्छ ।
पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा. पुष्प कडेललगायतका नेताहरू समेटिएका छन् । महिलातर्फ पद्मा अर्याल, टुका हमाल, निरुपाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतको सहभागिता छ ।
पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना प्रतिनिधित्वमा परेका छन् । अपाङ्गता भएका समुदायबाट रामबहादुर थापा र यसुदा बराल पनि समानुपातिक सूचीमार्फत समावेश गरिएको एमालेले जनाएको छ ।
नयाँ पुस्ताबाट निशा घतानी, क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवालगायतका युवा नेताहरू पनि सूचीमा अटाएका छन् । दलितबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत युवा तथा समावेशी अनुहारलाई अवसर दिइएको छ ।
एमालेको यो समानुपातिक सूचीले पुस्तान्तरण, समावेशी प्रतिनिधित्व र क्षेत्रीय सन्तुलनलाई एकसाथ अघि बढाउने प्रयास गरेको सन्देश दिएको छ ।
मुस्लिमबाट साजिदा सिद्दीकी, मोहम्मद हारून लगायतको नामावली छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेको समानुपातिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्