टोखा नगरपालिकाको १२औं स्थापना दिवसमा ज्येष्ठ नागरिक घरमै सम्मानित , एसईई टपर, खेलकर्मी र करदातासहित सम्मान
नगरपालिका–६ का १०२ वर्षीय पहलमान सिंह थापालाई मेयर प्रकाश अधिकारी, प्रमुख प्रशासनिक अधिकृत कमल भट्टराई र वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठसहितको टोलीले घरमै पुगेर दोसल्ला, नगद र सम्मानपत्र हस्तान्तरण गर्यो। यसैगरी, टोखा–१ की १०४ वर्षीया दिलकुमारी लामिछाने तथा ९८ वर्षीय एक अन्य ज्येष्ठ नागरिकलाई पनि विशेष सम्मान प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
स्थापना दिवसकै अवसरमा एसईईमा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरू तथा उत्कृष्ट शैक्षिक परिणाम देखाउने विद्यालय कक्षालाई सम्मान गरिएको थियो। खेल क्षेत्रमा ए–डिभिजनमा उक्लिन सफल श्री भगवती क्लबलाई पनि नगदसहित सम्मान दिइयो। साथै, टोखा धिमेखल सरस्वती प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरू तथा सामाजिक सेवामा सक्रिय व्यक्तिहरूलाई समेत सम्मान सूचीमा समावेश गरिएको थियो।
कार्यक्रममा ‘वार्षिक प्रगति प्रतिवेदन’ र ‘नगर बुलेटिन’ सार्वजनिक गर्दै बच्चा जन्मिँदा प्रदान गरिने आर्थिक सहयोग, कृया खर्च सहयोग तथा मुटु–मृगौला–क्यान्सर उपचारका लागि चलाइएका योजनाहरूको विस्तृत विवरण प्रस्तुत गरियो। बढी कर तिर्ने संस्थामा ग्रान्डी अस्पताल र बढी कर संकलन गर्ने वडा ९ लाई पनि सम्मान गरिएको थियो।
मेयर अधिकारीले आगामी वर्षमा टोखालाई आर्थिक, सामाजिक र भौतिक पूर्वाधारका दृष्टिले अग्रस्थानमा लैजाने योजना प्रस्तुत गर्दै, विपद् व्यवस्थापनका लागि बारुद यन्त्र तथा निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार सुरक्षा, स्वास्थ्य तथा राजस्व व्यवस्थापनलाई सुदृढ बनाउने काम प्राथमिक पहिल्यतामा राखिएको छ।
स्थापना दिवससँगै सम्पन्न खुला रक्तदान कार्यक्रम स्थानीयवासी, जनप्रतिनिधि, समाजसेवी र राजनीतिककर्मीहरूको सक्रिय सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको नगरपालिकाले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा नगरपालिकाको १२औं स्थापना दिवसमा ज्येष्ठ नागरिक घरमै सम्मानित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्