बालेनका पिता भनेर यमबुद्दको पिताको तस्वीर भाइरल भएपछि…
काठमाडौं । काठमाडौंमा मेयर बालेन शाहका पिताको निधनपछि अनलाइन र सामाजिक सञ्जालमा ठूलो भ्रम फैलियो।
केही सञ्चारमाध्यमले गल्ती गर्दै यमबुद्धका पिता अम्बिकाप्रसाद अधिकारीको तस्वीरलाई बालेनका पिता भनेर प्रकाशित गरे। बालेनका पिताको फोटो सार्वजनिकमा कहिल्यै नआएकाले सबैले अधिकारीको तस्वीरलाई शेयर गरियो । घण्टौँ पछि मात्र उक्त तस्बिर पूर्ण रूपमा गलत भएको पुष्टि भएपछि समाचारस्थलहरूले छापिएको फोटो हटाउन थाले र सही जानकारी राखे।
जिउँदै रहेका अधिकारीले आफ्नो फोटो ‘मृतक’ भनेर प्रयोग गरिएकोमा गहिरो आपत्ति जनाउँदै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका छन्।
उनले पत्रकारितामा जिम्मेवारी र तथ्यको पुष्टि आवश्यक छ भन्दै यस्तो गल्ती नदोहोर्याउन आग्रह गरेका हुन्।
फेसबुकमा उनले लेखेका छन्, ‘काठमाडौँका मेयर बालेन शाहाका पिता रहेनन् भन्ने आज प्रकाशित तथा प्रसारित समाचार र प्रयोग गरिएको फोटोबारे हाम्रो ध्यानाकर्षण भएको छ। आज केही व्यक्तिको दुःखद घडीमा एउटा जिम्मेवार हुँ भन्ने पत्रकारले फोटोको यो किसिमले दुरुपयोग गरिनु अत्यन्तै दुःखलाग्दो कुरा हो। यसको जतिसुकै निन्दा गरे पनि पूर्ण हुन सक्दैन । जनतालाई सत्यतथ्य र निष्पक्ष समाचार दिनुपर्नेमा असत्य भ्रमपूर्ण र पक्षपातपूर्ण समाचार प्रसारित हुनुले जनतामा भ्रम पैदा भई अत्यन्तै ठूला घटनाहरू घट्न सक्छन् तसर्थ यो भ्रमपूर्ण समाचारलाई सच्याउन र जनतासँग गरिएको त्रुटि नदोहोर्याउन सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेनका पिता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्