राजनीतिमा सुधारको संकेत, शेयर बजारले लिन थाल्यो सकारात्मक लय
पछिल्ला दुई कारोबार दिनदेखि बजार सकारात्मक लयमा छ । निरन्तर रुपमा साईडवयज अवस्थामा रहेको सूचकले पछिल्ला दुई कारोबार दिनदेखि सकारात्मक रुपमा बढ्न थालेको हो ।
दुई कारोबार दिनको अन्तरालमा नै बजार ९० अंकले बढेको हो । यी दिनहरुमा तुलनात्मक रुपमा कारोबार रकम समेत बढेको छ । सूचकसँगै बढेको कारोबार रकमले बजार दरिलो बनाउने लगानीकर्ताहरुको बुझाई छ ।
शेयर बजारसँग सरोकार राख्ने नीतिहरु सहज हुँदैछन। बजार सुधारमा सरकार गम्भिर भएर लागेको पाइन्छ । बजारसँग सम्बन्धित नीतिगत व्यवस्थाहरु सहज बन्दैछन् । भएका केहि बाँकी कठिनाईहरु पनि खुकुलो हुनेमा क्रममा छन् । शेयर बजार बढ्नु पर्ने विन्दुमा नै थियो । राजनीतिक गतिविधिको दबाब बजारमा परेकाले बजार बढ्न नसकेको लगानीकर्ता तारा फुल्लेलले बताए ।
पछिल्ला दिनमा राजनीतिक तरंग समेत सकारात्मक बन्दै छ । चुनावबाट मात्र निकास मिल्छ भन्ने मनन राजनीति दललाई भएको फुल्लेलको भनाइ छ । सरकार चुनावको तयारीमा छ । निर्वाचनको विरोधमा रहेका राजनीतिक दलहरु पनि आन्तरिक रुपमा तयारीमा जुटेका छन् । नेपाली काग्रेसले चुनावको लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । नेकपा एमालेले पनि महाधिवेशनबाट नयाँ नेतृत्व सहित दर्ता हुनुको विकल्प छैन । विस्तारै राजनीतिक निकास पाउने अपेक्षा सहित शेयर बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको फुल्लेलको बुझाई छ ।
लगानीकर्ताले वर्षाैदेखि माग गर्दै आएको तर हुन नसकेको नेप्से पुनर्संरचनाको काम पनि अगाडि बढेको छ । यसले पनि बजारको विकासमा काम हुने अनुमान लगानीकर्ताले गरेका छन् ।
त्यसैगरी, शेयर बजारमा सबै भन्दा धेरै राजनीति प्रभाव रहेको थियो । दुर्गा प्रसाईंको आन्दोलन र नेकपा एमालेको राजनीतिक गतिविधिसँग लगानीकर्ता डराएका थिए । तर प्रसाईंले घोषणा गरेको आन्दोलन नहुने भएपछि लगानीकर्ता ढुक्क भएका हुन् । सम्हालिदै गरेको राजनीतिक वातावरण र नीतिगत सुधारले आत्मविश्वास बढाउने अपेक्षा गरिएकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शेयर बजारले लिन थाल्यो सकारात्मक लय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्