Techie IT
शुक्रबार, असार ६,२०८२

संसदको महासचिवमा गौतमको नाम सिफारिस


काठमाडौ । संघीय संसदको महासचिवमा डा भारतराज गौतमको नाम सिफारिस भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार गौतमलाई महासचिवमा सिफारिस गरेका हुन् ।

गौतमलाई महासचिव नियुक्त गर्नका लागि सभामुख र अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिए । राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

‘संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम योग्यता पुगेका साविक लामाचौर ५, कास्की जिल्ला निवासी (हाल संघीय संसदको सचिवालय सचिव पदमा कार्यरत्) डा.  गौतमलाई नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको संघीय संसदको महासचिव पदमा नियुक्तीको लागि सिफारिस गर्दछौं,’ सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाद्वारा राष्ट्रपति भण्डारीलाई गरिएको सिफारिस पत्रमा भनिएको छ।

गौतम संघीय संसद सचिवालय सचिवमा कार्यरत छन् । तत्कलीन महासचिव मनोहरप्रसाद भट्टराईले कार्यकाल पूरा गरेर निवृत्त भएपछि कार्यवाहकको रूपमा योगीले काम गरिरहेका थिए । संसदको यहि बैशाख २६ गते दिउसो चार बजे संसद वोलाउने तयारी गरिएको छ ।


क्याटेगोरी : विशेष, समाचार
ट्याग : #संघीय संसद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:07 am7:03 pm +0545