Techie IT
शनिबार, वैशाख २७,२०८२

साथी संस्थाद्धारा शंकरापुर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं । साथी नेपाल संस्थाले शंखरापुर नगरपालिकालाई कोरोना भाइरस संक्रमण हुनबाट वच्नका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
सस्थाका अध्यक्ष सरिता सापकोटाले नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठलाई पि पि ई, माक्स, पन्जा लगाएतका सामान सहयोग हस्तान्तरण गरेकी हुन् ।
नगरपालिकाका मेयरले पनि सहयोग गरेकोमा नगरपालिकाका तर्फबाट वधाई तथा धन्यवाद दिएका थिए। उनले सामाग्री स्वास्थ्यकर्मीलाई कोरोना भाइरस रोगको उपचार गर्नका लागि प्रयोग गरिने बताए ।

संस्थाले विश्व स्वास्थ्य संगठनले दिएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त विवरण अनुसारका सामान सहयोग गरेको हो। संस्थाले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ। महिला सशक्तिकरण सम्बन्धि कार्यक्रम, कृषि तथा पर्यटनमा युवा र महिलालाई जोड्ने जस्ता कामहरू संस्थाले गर्दै आएको छ। ूसयौं हात एक साथ हिंसा रहित समाजको निमार्णू भन्ने नारालाई संस्थाले अगाडि सारेको अध्यक्ष सापकोटाले बताएकी छन्।


क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : #साथी नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:16 am6:44 pm +0545