भारत–पाकिस्तान तनाव : एलओसी नजिक भारी गोलीबारी, सर्वसाधारण विस्थापित

काठमाडौं, २६ वैशाख । भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा (एलओसी) नजिक भारी गोलीबारी जारी रहँदा सीमावर्ती भारतीय क्षेत्रका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् ।
पछिल्ला दिनमा पुनः सुरु भएको शत्रुताले एलओसी आसपासका बासिन्दाहरूलाई पुनः संघर्षकालीन कठिनाइको सामना गराएको छ । गोलीबारीका कारण स्थानीय बासिन्दाहरूको ज्यान, सम्पत्ति, मवेशीमा क्षति पुगेको छ भने, विद्यालय, अस्पताल र बजारहरू बन्द गरिएका छन् ।
भारतले कश्मीरको पहलगाममा पर्यटकमाथिको प्राणघातक आक्रमणपछि पाकिस्तानले लगातार युद्धविरामको उल्लंघन गर्दै आएको आरोप लगाएको छ । पाकिस्तानले ७४० किलोमिटर लामो एलओसीको विभिन्न स्थानमा आक्रमण गरिरहेको बताइएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार मे ७ तारिख बुधबार बिहान गरिएको हवाई आक्रमणपछि एलओसी क्षेत्रमा भइ रहेको गोलीबारीमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने ५९ जना घाइते भएका छन् ।
मृतकमध्ये महिलाहरू, बालबालिका र भारतीय सेनाका लान्स नायक दिनेश कुमार पनि छन् । मिसाइल र ड्रोनका टुक्रा भारतीय राज्य पञ्जाबका विभिन्न जिल्लामा भेटिएपछि त्यहाँ त्रासको वातावरण सिर्जना भएको छ ।
भारतले मे ७ र ८ तारिख राति पाकिस्तानबाट प्रक्षेपण गरिएका धेरै ड्रोन र मिसाइल आक्रमणहरू नष्ट गरिएको दाबी गरेको छ । त्यसपछि, मे ८ तारिख अर्थात् बिहीबार भारतले लाहौरस्थित एक हवाई सुरक्षा प्रणाली नष्ट गरिएको घोषणा गरेको छ, यद्यपि पाकिस्तानले यसको पुष्टि गरेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भारत–पाकिस्तान तनाव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्