८० औं प्रहरी दिवस : चितवनका एसपी पुरीलाई ‘उत्कृष्ट प्रहरी कार्य’ पुरस्कार
८० औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय चितवन पुरस्कृत भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी दिवसको अवसरमा चितवन प्रहरीका प्रहरी प्रमुख एसपी गोबिन्द पुरीलाई “उत्कृष्ट प्रहरी कार्य पुरस्कार” प्रदान गरिएको हो ।
नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात गर्दै शान्ति–सुरक्षा, अपराध अनुसन्धान, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा उल्लेखनीय योगदान दिएको कदरस्वरूप बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी अरुण पौडेलले एसपी पुरीलाई प्रशंसापत्रसहित सम्मान गरेका हुन् ।
चितवनको कमान्ड सम्हालेयता अपराध न्यूनीकरणमा सक्रिय भुमिका निर्वाह गर्दै आएका एसपी पुरीले सुरक्षित समाज निर्माणको पवित्र लक्ष्यप्रति समर्पित भई कुशल व्यवस्थापन र प्रभावकारी प्रहरी परिचालनमार्फत जिल्लाको समग्र शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा उत्कृष्ट कार्य प्रदर्शन गरेका छन्। यस वर्षको बाढीपहिरो व्यवस्थापनमा दिनरात नभनी राहत, उद्धार र जोखिम न्यूनीकरणमा खटिए बमोजिम उनलाई उनको योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो ।
अपराध हुनै नदिने यदी भइहाले अपराधी पक्राउ गरेर कानुनी कठघरामा उभ्याइहाल्ने गतिविधि गर्दै आइरहेका (एसपी) पुरी एउटा सफल अनुसन्धानकर्मीको रूपमा समेत चिनिन्छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय, फोटो समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ४तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ५एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ६एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- ७यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ८नेकपाको तर्फबाट काठमाडौं क्षेत्र नं ५ , ६ र ७ मा को को ?






तपाईको कमेन्ट लेख्नुहोस्