हराएका मोबाइल खोज्दै बुझाउँदै चितवन प्रहरी, २६ थान मोबाइल हस्तान्तरण
चितवन प्रहरीले विभिन्न मितीमा विभिन्न स्थानहरूबाट चोरी भएका तथा हराइएका मोबाइलहरुको खोजी गरी सम्बन्धि धनीलाई हस्तान्तरण गरेको छ ।
प्रहरी कार्यलयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनाल सहितको प्रहरीको टोलीले विभिन्न कम्पनीका २६ थान मोबाईलहरु आज (सोमबार) फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

उपरीक्षक पुरीका अनुसार मोवाईल फोन हराएको भनी प्राप्त भएका निवेदनपश्चात ब्यापक मात्रामा सक्रियताका साथ खोजतलास गर्दा अन्दाजी ११ लाख मूल्य बराबरको हराएका २६ थान मोवाईल फेला पारेको हो ।

आइफोन, सामसुङ, रेड्मी, ओप्पो , भिभो, पोको कम्पनीको मोवाईलहरु फेला पारी सम्बन्धित मोवाईल धनीलाई बुझाईएको प्रहरी उपरीक्षक पुरीले जानकारी दिए ।

आफ्ना हराएका तथा चोरी भएका मोबाइल भेटिएसंगै उनीहरुले प्रहरीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत दिएका थिए । अगल-अगल समयमा हराएपछि या चोरी भएपछि दिएको उजुरीका आधारमा विशेष प्रविधिको प्रयोग गरी खोजतलास गरिएको थियो । पछिल्लो समय चितवन प्रहरीले आफ्नो सक्रियता बढाएसँगै मोबाईल फेला पर्ने क्रम समेत बढ्दै गएको छ ।

क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्