Techie IT
सोमबार, वैशाख २९,२०८२

राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाद्धारा बाल गृहलाई सहयोग


संखुवासभा- राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले बाल गृह खाँदबारीलाई सहयोग वितरण गरेको छ । बैंकको शाखाले खाद्यन्न र ग्याँस एक कार्यक्रम विच बाल गृहका बालबालिकाहरुलाई खाद्य सामग्री वितरण गरिएको बैंकका शाखा प्रबन्धक अनिष रायमाझीले बताउनुभयो । बैंकले ६० केजी चामल, ग्याँस, दाल, खाने तेल, नुन चिनि, सावुन वितरण गरेको हो ।

माट्स नेपाल संखुवासभाले संचालन गरेका बाल गृहका बालबालिकालाई खाद्यन्नको अभाव भए पछि सहयोग गरेको शाखा प्रबन्धक रायमाझीले जानकारी दिनुभयो । १५ दिन देखि ग्यास अभाव भएर खाना पकाउन समस्या भएपछि बैंक संग सयोग अपिल गरेकाले सहयोग प्राप्त भएको बाल गृहका प्रमुख सरोज श्रेष्ठले बताउनुभयो । ८ जना बालबालिका रहेको बालगृहमा आर्थिक अभावमा विभिन्न दातृ निकायको सहयोग मार्फत सञ्चालन भएको श्रेष्ठले जानकारी दिनुभयो । बाल गृह सञ्चालनका लागि छुट्टै कोष नभएकाले सञ्चालनमा समस्या हुने गरेको श्रेष्ठले बताउनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:14 am6:45 pm +0545