फरार प्रतिवादी पक्राउमा चितवन प्रहरी आक्रमक
एक महिना १४४ प्रतिवादी पक्राउ
अपहरण तथा शरीर बन्धक मुद्दामा फरार भएका सुकराम महत्तोलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले १५ बर्षपछि पक्राउ गर्यो । जिल्ला अदालत चितवनले २०६७/०३/०१ गते अपहरण तथा शरीर बन्धक मुद्दामा ९ बर्ष कैद फैसला गरेपछि फरार रहेका उनलाई चितवन प्रहरीले नियन्त्रणमा लिई सजाय भुक्तानको लागि अदालतमा पेश गरी जिल्ला कारागार कार्यालय चितवनमा चलान भए ।
यस्तै, चेक अनादर मुद्वामा १६ लाख १० हजार रुपैया जरिवाना र दुई बर्ष कैद फैसला भई फरार रहेका डोल बहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्यो । पक्राउ परेका उनलाई समेत प्रहरीले जिल्ला अदालतमा जरिवान र कैद फैसलाको लागी पेश गर्र्यो ।
यी र यस्ता फरारका घटना अहिले चितवन प्रहरीले नियमित रुपमा नजीकबाट नियालिरहेको छ । अदालतबाट दोषी ठहर भएर कैद, जरिवाना वा दुवै सजाए तोकेर भुक्तान नगरेका फरार प्रतिवादीलाई पछिल्लो समय चितवन प्रहरीले अभियान नै सञ्चालन गरेर धमाधम पक्राउ गर्न थालेको छ । चितवन प्रहरीले पछिल्लो समय अदालतको फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी खोजी गर्ने काममा समेत आक्रमक रुपमा लागेको छ । सजाय फैसला भएका त्यस्ता व्यक्तिहरु समाजमा खुलेआम घुमफिर गर्नु पनि सुरक्षा चुनौतिको रुपमा रहेकोले पक्राउ गरिएको र यो कार्यले निरन्तरता पाउने चितवनको प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।
फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरूलाई निरन्तर पक्राउ गरिरहेको छौ, जसका लागि हामीले अभियान नै चलाएर निर्ममताका साथ काम गरिरहेको एसपी पुरीले भने । प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ । सोही क्रममा गएको एक महिनामा मात्रै एक सय ४४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत बैशाख २० गतेदेखी जेठ २५ गतेसम्म २८ बर्ष ८ महिना १२ दिन कैद सजाय फैसला भएका १४४ जना पक्राउ परेका छन । जसबाट १३ लाख २६ हजार ९ सय ४२ रुपैया जरिवाना समेत असुल उपर भएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय महिला सेलले घरेलु हिंसाका घटनालाई प्राथकिमताका साथ सम्बोधन गरेको जनाएको छ । केही उजुरी मेलमिलापबाट समाधान गरिएको तथ्याङ्क छ । कतिपय अवस्थामा उजुरी गर्ने तर उजुरीकर्ता नै पछि सम्पर्कमा नआउने घटना समेत देखिएका छन् । परिवारभित्रै बाट हुने घरेलु हिंसाका घटना पहिलाको तुलनामा बाहिर ल्याउने क्रम बढेको देखिन्छ ।
सचेतनाका कारण पीडितहरुले उजुरी गर्ने दर बढेको एसपी पुरीले बताए । घटना पहिला पनि हुन्थे तर परिवारभित्रै मिलाउने वा सहेर बन्ने धेरै थिए भने पछिल्लो समयमा समाजमा आएको चेतनाका कारण घरेलु हिंसाका घटना दर्ता क्रम पनि बढेको छ । पीडकलाई सचेत गराई पीडितलाई परिवारमा पुर्नस्थापना गर्नुपर्ने कारण पनि घरेलु हिंसाका धेरै घटना मेलमिलापमा समाधान गरिनु पर्ने एसपी पुरीले बताए ।
यी कामका अलावा चितवन प्रहरीले विभिन्न काम गर्दै आएको छ । एक महिना अगाडि मात्र चितवन प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक पुरीले जिल्लाको शान्तिसुरक्षा विगतको भन्दा चुस्त रहेको दावी गरे ।
जिल्लामा कुनै अप्रिय घटना घटेको छैनन्, कतिपय छिटफुट घटनाको हामी सुक्ष्म अनुसन्धानबाट सफलता पाएका छौं , उनले भने ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्