Techie IT
आईतबार, वैशाख २८,२०८२

हातहातमा जेष्ठ नागरिक भत्ता


लकडाउनका कारण बैंकबाट भत्ता वितरण गर्न नसकिने भएपछि संखुवासभाको खाँदबारी नगरपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लकडाउनका कारण बैंकबाट भत्ता वितरण गर्न नसकिने भएपछि नगरपालिकाले घरैमा पुगेर जेष्ठ नागरिकलाई हातहातमा भत्ता बाडेको खाँदबारी नगरका लेखा अधिकृत रुद्रमणी श्रेष्ठले बताउनुभयो ।

यसअघि नगरपालिकाले खाँदबारीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमार्फत ११ वटै वडामा भत्ता वितरण गर्दै आएको थियो । दशैं अगाडि पहिलो चौमासिक भत्ता वितरण गरे पनि नगरपालिकाको त्यसपछि सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकिरहेको थिएन ।

नगर प्रमुख मुरारीप्रसाद खतिवडाले लामो समयदेखि भत्ता वितरण नगर्दा एकल, अपाङ्ग, बिधवा र जेष्ठ नागरिकहरुलाई समस्या परेकाले यस्तो निर्णय गरिएको बताउनुभयो । सामाजिक सुरक्षा शाखा प्रमुख खेमराज निरौलाका अनुसार नगरभित्रका जेष्ठ नागरिक, दलित, अपाङ्ग, एकल महिला र विधुवा गरी कुल चार हजार ९ सय ६१ जनालाई भत्ता वितरण शुरु गरिएको हो । भत्ता वितरणको लागि दुई करोड ५४ लाख ६० हजार रुपैया खर्च हुने लेखा अधिकृत श्रेष्ठले बताउनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Mostly Cloudy
5:15 am6:44 pm +0545