तारकेश्वर हिले टोल हाइडमा ५२ परिवारले पाए राहत

१२ वैशाख काठमाडौं । तारकेश्वर वडा नं. १० मा हिलेटोल टोल सुधार समितिले राहत वितरण गरेको छ । सरकारी राहत नपाएकाहरुलाई टोलका उपभोक्ताहरुको सहयोगमा राहत वितरण गरिएको कुरा टोल सुधार समितिका सचिव केशव बोगटीले बताएका छन् । बोगटीका अनुसार हिलेटोलमा बसोबास गरेका ज्यालादारीमा काम गर्ने ज्यामी मजदुर र निमुखाहरुका लागि राहत वितरण गरिएको छ ।
हिलेटोलमा राहत ५२ जना पिडितका परिवारले पाएका छन् । राहत लिन लाइन बसेका नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
राहत सामाग्रीहरुमा ३ जनासम्मको परिवारका लागि १५ किलो चामल र ४ जनादेखि माथिका लागि २५ किलो चामल, १ लिटर तेल, १ किलो दाल, १ प्याकेट नुन, ४०० ग्राम सोया मसेउरा, १ किलो चिनी र चियापत्ती रहेको छ ।
तारकेश्वर १० मा लगभग सबै टोल सुधार समितिहरुमा राहत वितरण सम्पन्न भइसकेको र अझै २–३ ठाउँमा रहेको त्यो पनि १–२ दिनमा नै सम्पन्न भइसक्ने कुरा वडा अध्यक्ष अमृत थापाले बताएका छन् ।
फरकपत्र
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर हिले टोल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्