रिर्पोटिङ सकेर घर फर्किँदै गरेका पत्रकारमाथि बालाजु प्रहरीको दुर्व्यवहार
काठमाण्डौ, ११ बैशाख । पत्रकार जि.पि.पौडेल माथी प्रहरीले दुव्र्यबहार गरेको छ । लकडाउनको रिर्पोटिङ गरेर घर फर्किदै गरेका पत्रकार पौडेलमाथि (बुधबार) सांझ बनस्थली खरिबोटमा चिया खाइरहेको बेला पसल बाहिर बोलाई बालाजु बृतका इन्सपेक्टर अनन्त कार्की र अर्का एक जवानले उनिमाथी दुव्र्यवहार गरेका हुन् ।
“मलाई बाहिर बोलाएर पत्रकारको कार्ड मागियो, घाँटीमै भिरेको प्रेस कार्ड देखाँए, प्रेस ज्याकेट पनि लगाएको थिए” पत्रकार पौडेलले भने ।
चिया खाएर बस्दा पनि किन ज्याकेट लगाएको ‘खोलेर बस’ भन्दै प्रहरी जवानले ज्याकेट जर्वजस्ती तानेर खोलिदिए, त्यसैक्रममा इन्सपेक्टर कार्कीले “म बर्दिमा छु, ‘धेरै नबोल’ फेरी गाडीमा जाक्दिन्छु” भन्दै अभ्रद र असभ्य भाषा प्रयोग गरेको पिडित पत्रकार पौडेलले जानकारी दिए ।
अन्य स्थानियहरु पनि घटनास्थलमा जम्मा भएपछि मलाई केहि नबोल्नु भन्दै आफुँलाई भित्र लगेकोले अरु थप घटना हुन नपाएको पत्रकार पौडेलले बताए । पत्रकार पौडेलले भने ‘आफुँ र पत्रकारिता जगतमाथि नियोजित रुपमा प्रहरी प्रशासन जाईलाग्यो’ ।
उक्त चिया पसल भन्दा करिव ४० मिटर पर २०० जना भन्दा बढि जमघट र भिडभाड गराएर लकडाउन बिपरित खाना खुवाइएको थियो ।
पत्रकार पौडेल माथीको दुव्र्यवहारको बिषयमा बालाजु बृतका प्रमुख रंजित सिंह राठौरसंग कुराकानी गर्दा घटनाको बारेमा आफुँलाई जानकारी भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
देशको संक्रमणकालिन बिषम परिस्थितीमा रिर्पोटिङमा खटिएर घर फर्किरहेका पत्रकारमाथी प्रहरीले सहयोग गर्नुको सट्टा उल्टो दुव्र्यवहारको घटना प्रति साझाडबली डट कम घोर भर्सना गर्दै दोषीमाथी कडा कारबाहीको माग गरेको छ । साथै यस्ता किसीमका घटना पटक पटक बढिरहेकोले समाजमा प्रहरी प्रतिको विश्वास र काम कारबाहीमाथी समेत प्रश्न उठ्न थालेको छ । पत्रकार पौडेल साझाडबली डट कम का प्रधान सम्पादक हुन ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकारमाथि बालाजु प्रहरीको दुर्व्यवहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्