Techie IT
सोमबार, वैशाख २९,२०८२

गोपीकृष्ण पाठक नेकपा (एमाले) टोखा नगर समितिको अध्यक्षमा निर्वाचित


काठमाडौं, फागुन १२ – नेकपा (एमाले) टोखा नगर समितिको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ।

 

गोपिकृष्ण पाठक अध्यक्षमा निर्वाचित भएका छन्, भने उपाध्यक्षमा गणेशमान श्रेष्ठ चयन भएका छन्। सचिव पदमा रामकुमार अधिकारी, उपसचिवहरूमा शारदा गैरे र हर्ष महर्जन चयन भएका छन्।

लेखा समितिको अध्यक्षमा सुविन्द्र श्रेष्ठ र सचिवमा बेखानारायण डंगोल निर्वाचित भएको नेकपा (एमाले) टोखा नगर समितिले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोपीकृष्ण पाठक नेकपा (एमाले) टोखा नगर समितिको अध्यक्षमा निर्वाचित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:14 am6:45 pm +0545