Techie IT
शुक्रबार, वैशाख २६,२०८२

सिटी एक्सप्रेस मनि ट्रान्सफरद्धारा अर्घाखाचीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध


मुकुन्द भुषाल

सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले अर्घाखाचीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन । २५ पिस थर्मल गन र पीपीइ ७ सेट सहयोग स्वरुप प्रदान गर्नुभएको हो ।

जसमध्ये ७ सेट पीपीइ र ९ पिस थर्मल गन छत्रदेव गाउँपालिका र अरु थर्मल गर्न ५ पालिकालाई अवश्यक्ता अनुसार उपलब्ध गराउनु हुन भन्दै सन्धिखर्कका समाजसेवी पीताम्बर रायमाझीले प्रमुख जिल्ला अधिकारी विजय पौडेललाई हस्तान्तरण गरेका हुन ।

रायमाझीले छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेललाई ७ सेट पीपीई र ९ पिस थर्मल गन हस्तान्तरण गर्नुभयो । १६ पिस थर्मल गर्न प्रमुख जिल्ला अधिकारी पौडेललाई रायमाझीले हस्तान्तरण गरे । तत्कालको लागि थोरै भएपनि कोरोना जाँच्नको सहयोग पुगोस भनेर उपलब्ध गराएको र अरु थप आवश्यक स्वास्थ्य सामाग्री पनि छिटै उपलब्ध गराइने सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताए । छत्रदेव गाउपालिका–१ चिदिका जन्मनुभएका टण्डन काठमाडौमा बसेर व्यावसायी गर्दै समाजसेवामा अग्रसर छन ।

जिल्ला प्रशासन कार्यालय पुगेर समाजसेवी पीताम्बर रायमाझीले प्रमुख जिल्ला अधिकारी विजय पौडेल र छत्रदेवका अध्यक्ष लेखनाथ पोखरेललाई हस्तान्तरण गर्दै सानो सहयोग भएपनि कोरोना विरुद्धको अभियानमा मद्दत पुगोस भनेर स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए ।

पीपीई र थर्मल गन पाएपछि छत्रदेव गाउपालिका अध्यक्ष लेखनाथ पोखरेलले चन्द्र टण्डनले दिएको सामाग्रीले कोरोना विरुद्धको अभियानको लागि ठुलो सहयोग भएको भन्दै धन्यावाद दिए । प्रमुख जिल्ला अधिकारी विजय पौडेलले केही समय अघि सन्धिखर्क अस्पताल र डोहोटे हेल्थ डेस्कमा थर्मल गर्न बिग्रदा १२ दिनसम्म तापक्रम तान्ने काम ठप्प भएको र चन्द्र टण्डनले उपलब्ध गराइएका स्वास्थ्य समाग्रीले ठुलो सहयोग भएको बताए ।

यस्तो विपदको बेला टण्डन जस्ता सहयोगीको अझै आवश्यक्ता रहेको बताए । प्रजिअ पौडेलले एक थान थर्मल गर्न प्रहरी नायव उपरीक्षक प्रकाश विष्टलाई प्रदान गरे ।

हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले सफल व्यावसायी चन्द्र टण्डनले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले कोरोना विरुद्धको अभियानमा थप बल पु¥याएको भन्दै उचित ढंगले उपयोग गर्न जनप्रतिनिधिलाई अनुरोध गरे । हस्तान्तरण कार्यक्रममा छत्रदेव गाउँपालिका–२ का अध्यक्ष राजेशकुमार पन्थी, कांग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण ज्ञवाली, समाजसेवी नारायण बञ्जाडे, चुरामणि भट्टराई लगायतको उपस्थिति रहेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले जानकारी दिए ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले अर्घाखाचीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन । २५ पिस थर्मल गन र पीपीइ ७ सेट सहयोग स्वरुप प्रदान गर्नुभएको हो ।

जसमध्ये ७ सेट पीपीइ र ९ पिस थर्मल गन छत्रदेव गाउँपालिका र अरु थर्मल गर्न ५ पालिकालाई अवश्यक्ता अनुसार उपलब्ध गराउनु हुन भन्दै सन्धिखर्कका समाजसेवी पीताम्बर रायमाझीले प्रमुख जिल्ला अधिकारी विजय पौडेललाई हस्तान्तरण गरेका हुन ।

रायमाझीले छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेललाई ७ सेट पीपीई र ९ पिस थर्मल गन हस्तान्तरण गर्नुभयो । १६ पिस थर्मल गर्न प्रमुख जिल्ला अधिकारी पौडेललाई रायमाझीले हस्तान्तरण गरे । तत्कालको लागि थोरै भएपनि कोरोना जाँच्नको सहयोग पुगोस भनेर उपलब्ध गराएको र अरु थप आवश्यक स्वास्थ्य सामाग्री पनि छिटै उपलब्ध गराइने सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताए । छत्रदेव गाउपालिका–१ चिदिका जन्मनुभएका टण्डन काठमाडौमा बसेर व्यावसायी गर्दै समाजसेवामा अग्रसर छन ।

जिल्ला प्रशासन कार्यालय पुगेर समाजसेवी पीताम्बर रायमाझीले प्रमुख जिल्ला अधिकारी विजय पौडेल र छत्रदेवका अध्यक्ष लेखनाथ पोखरेललाई हस्तान्तरण गर्दै सानो सहयोग भएपनि कोरोना विरुद्धको अभियानमा मद्दत पुगोस भनेर स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए ।

पीपीई र थर्मल गन पाएपछि छत्रदेव गाउपालिका अध्यक्ष लेखनाथ पोखरेलले चन्द्र टण्डनले दिएको सामाग्रीले कोरोना विरुद्धको अभियानको लागि ठुलो सहयोग भएको भन्दै धन्यावाद दिए । प्रमुख जिल्ला अधिकारी विजय पौडेलले केही समय अघि सन्धिखर्क अस्पताल र डोहोटे हेल्थ डेस्कमा थर्मल गर्न बिग्रदा १२ दिनसम्म तापक्रम तान्ने काम ठप्प भएको र चन्द्र टण्डनले उपलब्ध गराइएका स्वास्थ्य समाग्रीले ठुलो सहयोग भएको बताए ।

यस्तो विपदको बेला टण्डन जस्ता सहयोगीको अझै आवश्यक्ता रहेको बताए । प्रजिअ पौडेलले एक थान थर्मल गर्न प्रहरी नायव उपरीक्षक प्रकाश विष्टलाई प्रदान गरे ।

हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले सफल व्यावसायी चन्द्र टण्डनले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले कोरोना विरुद्धको अभियानमा थप बल पु¥याएको भन्दै उचित ढंगले उपयोग गर्न जनप्रतिनिधिलाई अनुरोध गरे । हस्तान्तरण कार्यक्रममा छत्रदेव गाउँपालिका–२ का अध्यक्ष राजेशकुमार पन्थी, कांग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण ज्ञवाली,ु समाजसेवी नारायण बञ्जाडे, चुरामणि भट्टराई लगायतको उपस्थिति रहेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #अर्घाखाची


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545