Techie IT
मंगलबार, वैशाख ३०,२०८२

आज केही ठाउँमा हिमपातको सम्भावना, यस्तो छ देशभरको मौसम अनुमान


काठमाडौं । मौसममा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ भने तराईका भू-भागका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहने बताइएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहानीपख तराईका केही ठाउँमा हुस्सु/कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज केही ठाउँमा हिमपातको सम्भावना, #यस्तो छ देशभरको मौसम अनुमान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:14 am6:45 pm +0545