प्रचण्डलाई सञ्चारमन्त्रीको सुझाव- कुतर्क गरेर जनता नढाँट्नू
काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेको बताएका छन् ।
आइतबार सिंहदरबारमा आयोजित हुलाक सेवाको पुनसंरचना अनुसार एक स्थानीय तह एक हुलाक कार्यालय स्थापना घोषणा कार्यक्रममा मन्त्री गुरुङले यसअघिको सरकारका कारण हरेक क्षेत्रमा अस्तव्यस्त भएकाले वर्तमान सरकारले त्यसलाई सुधार गर्न खोजेको बताए ।
अत्यावश्यक क्षेत्रलाई छिटोभन्दा छिटो सुधार गर्नकै लागि सरकारले अध्यादेश ल्याउनुपरेको उनले बताए । मन्त्री गुरुङले क्रान्तिकारी काम गर्न खोज्दा सरकारबाट हटाइयो भन्ने तर्क गरेर जनतालाई ढाट्ने काम नगर्न सुझावसमेत दिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई इंगित गर्दै यस्तो बताए ।
मन्त्री गुरुङले मुलुकको स्थायी सरकार कर्मचारीतन्त्र भएपनि यसमा नै सवैभन्दा बढी राजनीतिकरण भएकाले सरकारले सिस्टम बनाउन खाजेको बताए । सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही गर्दै नियमन प्राधिकरण गठन गर्न सरकारले आवश्यक कानून ल्याउन खोजेको उनले बताए ।
मन्त्री गुरुङले नेपालको हुलाक क्षेत्रलाई राज्यले सधै उपेक्षा गरेको भन्दै अव यसलाई आधुनिकिरण गर्दै अघि बढाउने प्रतिवद्धता जनाए । मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्डलाई सञ्चारमन्त्रीको सुझाव- कुतर्क गरेर जनता नढाँट्नू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्