रविको मुद्दामा सरकारी वकिलको बहस जारी, परिवारको जिम्मा लगाएकोमा न्यायाधीशप्रति असन्तुष्टि
रूपन्देही । रूपन्देही जिल्ला अदालतमा रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रविछानेविरूद्वको मुद्दामा सरकारी वकिलको बहस अन्तिम चरणमा पुगेको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी र संगठित अपराध अभियोगमा थुनछेक बहस अघि अभियुक्तलाई परिवारको जिम्मा लगाउने विषयमा सरकारी वकिलले प्रश्न उठाएका छन् । यसको जवाफमा लामिछानेका निजी कानुन व्यवसायीले जवाफ दिनेछन् ।
बिहीबार सुरु भएको थुनछेक बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले अभियुक्त रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्नुपर्ने तर्क गरेका थिए ।
पौडेलले भने, ‘थुनछेक बहस बिना नै अभियुक्तलाई परिवारको जिम्मा लगाइनु गलत हो। यसले थुनछेक बहसको औचित्यमाथि नै प्रश्न खडा गरेको छ ।’
सरकारी वकिल कार्यालयले रवि लामिछानेसहित २२ जनाविरुद्ध आइतबार मुद्दा दर्ता गरेको थियो। अभियुक्त लामिछाने बुधबार अदालतमा हाजिर भए। ५ नं। इजलासका न्यायाधीश प्रल्हादकुमार योगीले उनको बयान गराई परिवारको जिम्मा लगाएका थिए ।
बिहीबार सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।
सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानुन व्यवसायीले बहस गर्नेछन् ।
प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन्। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित २८ जनाविरुद्ध ५५ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ। साथै, लामिछाने र अन्य व्यक्तिहरूबाट व्यक्तिगत रूपमा समेत करोडौं बिगो दाबी गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रविको मुद्दामा सरकारी वकिलको बहस जारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्