तराई झरेकाहरुले मनाए भुवा पर्व
घोडाघोडी (कैलाली), पुस १५ गते । कैलालीको घोडाघोडी नगरपालिकामा सोमबार पहिलो पटक भुवा पर्व मनाइएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरा, अछाम, डोटी र कर्णाली प्रदेशको कालीकोट दैलेख जिल्लाबाट बसाईसरी घोडाघोडी नगरपालिकामा बसोबास गर्दै आएकाहरुले सामुहिकरुपमा भुवा पर्व मनाएका हुन् ।
पुस १५ लाई विभिन्न समुदायले आफ्नो परम्परागत शैलीमा मनाउने गरिए पनि पहिलो पटक सबैजना एकै ठाउँमा जम्मा भएर ‘भुवा नाच’ का साथ पर्व मनाउँदा पाउँदा पहाडको झल्को मेटिएको भन्दै खुशी भएका छन् ।
बाजुराबाट बसाईसरी घोडाघोडी नगरपालिका –२ साँडेपानीमा बसोबास गर्ने भिमा रोकयाले पहिलो पटक तराईमा मनाएको भुवा पर्वले पहाडको सम्झना आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहाडमा भुवा नाचका लागि छुट्टै ठाउँ हुन्थ्यो । तरबार र ढाल हातमा लिएर नाच्छन् । ठुला आगोको मुडा बालेर रातभर नाच्छन् । बिहान भएपछि खुशीयालीमा खसी, दाल, चामल एकै ठाउँमा पकाएर खाएर रमाउँछन् ।”
भिमाले तराई आएपछि पहिलो पटक भुवा पर्व मनाएको बताउनुभयो । भुवामा नाच्नेहरुले पनि खासै ताल नमिलाएको जनाउँदै उहाँले आफ्नो संस्कृति बचाउन यसैगरी युवाहरुले सिक्दै जानुपर्ने बताउनुभयो ।
घोडाघोडी –१ सुखडको हेलीप्याडमा आयोजित भुवा पर्वको अवसरमा आयोजित भुवा नाच हेर्न आउनु भएका कालीकोटका बिरे सार्कीले पहिलो पटक भुवा नाच हेर्न पाउँदा पहाडको झल्को मेटिएको बताउनुभयो ।
बडिमालिका सेवा समाजले भुवा पर्वको अवसरमा भुवा पर्व तथा देउडा कार्यक्रमको आयोजना गरी पहिलो पटक भुवा नाचको व्यवस्था गरेको हो । समाजका अध्यक्ष लक्ष्मण शाहीले सुदूरपश्चिमका पहाडी जिल्लामा आजबाट साँस्कृतिक पर्व ‘भुवा’ सुरु भएको जनाउँदै आफूहरुले तराईमा समेत यो पर्व मनाउने जमर्को गरेको बताउनुभयो । उहाँले भुवा पर्वको बारेमा भन्नुभयो, “महाभारतको कथा ९पाण्डव र कौरबको युद्ध० गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ भन्ने गर्छन् । मौलिक लय र भाकामा खेलिने भुवाको आफ्नै महत्व छ । दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन् । खासमा, त्यो भुवा पर्वको उल्लास हो ।”
अध्यक्ष शाहीले यो पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदैआएको र पर्वको मुख्य आकर्षण नै ‘भुवा नाच’ रहेको बताउनुभयो । पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुने भएकाले पहाडमा यो पर्वको विशेष महत्व रहेको बताइन्छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #तराई झरेकाहरुले मनाए भुवा पर्व
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्