भोटेकोशी–१ जलविद्युत आयोजनाको ब्रेक थ्रु सम्पन्न
उत्तरी सीमा तातोपानी नाकास्थित निर्माणाधीन ४० मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ ९भर्टिकल शाफ्ट० पहिलो ब्रे थ्रु सम्पन्न भई निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको छ ।
भोटेकोशी गाउँपालिका ३ र ४ हिन्दीमा ड्याम र चाकुमा पावर हाउस रहने छ । निर्माणाधीन सो आयोजनाको ८० मिटर ठाडो शाफ्टको सफलता मिलेको आयोजना प्रमुख उमेश पराजुलीले जानकारी दिनुभयो । उक्त शाफ्टको अन्तिम ब्रेक थु भएसँगै निर्माण कार्यले सार्थकता मिलेको उहाँले बताउनुभएको छ।
एक वर्षअघिबाट सुरु भएको उक्त आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको छ । अबको एक वर्षभित्र आयोजना सम्पन्न हुने गरी काम भईरहेको प्रमुख पराजुलीले थप्नु भयो । सुरुङ मार्गको भौतिक प्रगति ५५ दशमलव ८७ रहेको छ ।
हेडर्वक्स ५२ प्रतिशत निर्माण सकिएको छ । ईन्टरटनेल भौतिक प्रगति ४१ दशमलव ३६ रहेको छ । अटिटबाट अपस्ट्रि र डाउन स्ट्रिम भौतिक प्रगति ३६ दशमलव २८ प्रतिशत पुगेको छ । ड्यामबाट पावरहाउससम्म २६०० मिटर दुरी रहेको छ । आगामी डेढ बर्षभित्र उक्त आयोजनाबाट विद्युत उत्पादन हुने जनाइएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #भोटेकोशी–१ जलविद्युत आयोजनाको ब्रेक थ्रु सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्