नुवाकोटमा बागमतीका मुख्य मन्त्रि र भौतिक पूर्वाधार मन्त्रीद्धारा दुई पुलको शिल्यानाश
नुवाकोट। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले नुवाकोटमा दुई वटा पुलको शिल्यानाश गर्नुभएको छ । नुवाकोटको बेलकोटगढी , लिँखु र ककनी गाँउपालिकाको संगम स्थल समेत रहेको सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल र कटरबोटे सिन्धुरे खोला जोड्ने सडक पुलको एकैपल्ट शिल्यानाश भएको हो ।
पूर्वाधार विकास कार्यालय नुवाकोटद्धारा निमार्ण हुने कटरबोटे सिन्धुरे खोला पुल २०८२ साल असोज १९ गते निमार्ण सम्पन्न हुने लक्ष्य राखीएको यो पुल रु ५,८६,२३,८१८।९७ ( अक्षरुपी पाँच करोड छयासी लाख तेहीस हजार आठ सय अठार रुयौयामा २५.६ मिटर लम्बाई र ८.४ मिटर चौडाई हनेछ । रु ८,४६,४२,४७४ (अक्षररुपी आठ करोड छयालीस लाख बयालीस हजार चार सय चौरहत्तर ) रुयौया लागतमा निमार्ण हुने सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल २०८२ असोज २० गते सम्पन्न गरिने लक्ष्य राखीएको छ । यो पुलको लम्बाई ४१.४ मिटर एवं चौडाई ८.४ मिटर हुने पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ ।
पुल उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले पर्यटकीय महत्व एवं कृषि क्षेत्रको हव रहेको सो स्थानमा सडक निर्माणमा प्राथमिकता दिने बताउनु भयो।
अधुरै रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात रणनीतिक महत्वका सडक एवं पुलको स्तरोन्नति गर्दे सम्बृदी र विकाशको सम्वाहक सडकलाई मन्त्रालयले विषेश प्राथमिकतामा राखी काम गर्दे आएको मन्त्रि ईन्जिनियर मास्केले बताउनुभयो ।
उहाँले भन्नुभयो , भौतिक पूर्वाधार विकास मन्त्रालय ट्रष्ट , टिम वर्क र टा«न्सपेरेन्सी गरि ३ स को मान्यताअनुरुप जनताको विकाशको अनुभुतीहुने गरि काम गरिरहेको छ । नुवाकोटमा मुख्यमन्त्री बहादुरसींह लामा संगको समन्वयमा आवश्यकता र औचीत्यता अनुरुप बनेट विनियोजन भई बिभिन्न पूर्वाधारको काम भैरहेको मन्त्रि मास्केको भनाई छ ।
यस्तै भौतिक पूर्वाधार विकास मन्त्री ई अमन कुमार मास्केले रसुवामा पूर्वाधार विकास कार्यालय रसुवाको कार्यालय उदुघाटन गर्नुभएको थियो भने गोसाईकुण्ड गाँउपालिका द्वारा स्याफ्रुवेसीमा आयोजना गरिएको “ पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता “ को समापन समारोहमा पुरस्कार वितरण गर्नुभएको थियो ।




क्याटेगोरी : समाचार
ट्याग : #aman maskey, #breaking, #नुवाकोटमा बागमतीका मुख्य मन्त्रि र भौतिक पूर्वाधार मन्त्रीद्धारा दुई पुलको शिल्यानाश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्