Techie IT
शुक्रबार, वैशाख २६,२०८२

पूर्वसचिवकी पत्नीको हत्या प्रयास , घरमा काम गर्ने मृत भेटिए


काठमाडौँ, २७ माघ । ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास गरिएको छ ।

आज बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएसगै उनको अवस्था गम्भिर रहेकोले अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका छन् । घटनामा कसले रु किन रु र कसरी गरायो भन्ने खुलेको छैन । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जनाएका छन ।

उनको घरमा काम गर्ने दाङका विजय चौधरी पनि मृत भेटिएका छन्। उनी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए। ‘अहिले हामी घरमै छौं, अनुसन्धान गरिरहेका छौं,’ एसएपसी राईले भने।

कसले किन हत्या गरेको भन्ने खुलेको छैन। यसको छानविन भइरहेको एसएसपी राईले बताए।

आज बिहान पूर्वसचिव कार्की घरबाहिर निस्केका थिए। उनी घर फर्किदा श्रीमती लडिरहेको देखेपछि चिच्याएका थिए। त्यसपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:16 am6:44 pm +0545