उर्जामन्त्री खड्काद्धारा क्षतिग्रस्त अपर तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण
काठमाडौँ, ३ कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति पु¥याएको दोलखाको अपर तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्री खड्काले आज असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षति पुगेको दोलखास्थित ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाको ड्याम साईड, पावर हाउस, सडक लगायतका भागमा भएको क्षतिको स्थलगत निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री खड्काले अपर तामाकोशी जलविद्युत आयोजनामा क्षति पुग्दा राज्यले जलविद्युत क्षेत्रमा दैनिक ठूलो घाटा व्यहोर्नुपरेको भन्दै यथाशक्य चाँडो यसलाई मर्मतसम्भार री सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
उक्त जलविद्युत आयोजना बन्द हुँदा राज्यले असोज महिनामा मात्र करिब रु ८५ करोड ६ लाख ४७ हजार ९३० घाटा व्यहोर्नुपरेको बताइएको छ । मन्त्री खड्काले बाढी पहिरोले आयोजनामा निम्त्याएको आर्थिक नोक्सानीको प्रत्यक्ष असर राज्य र जनतामा परेको भन्दै पहिरोको कारण उत्पन्न अवरोध चाँडो हटाई आयोजना सञ्चालनमा ल्याउन कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

“आयोजना बन्द हुँदा भोलिका दिन देखिनसक्ने उर्जा सङ्कटलाई ध्यान दिएर आयोजना निर्माणको काम द्रुत गतिमा गर्नुहोस्, मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ,”– मन्त्री खड्काले भन्नुभयो । मन्त्री खड्काले उक्त आयोजनाको (हेडवक्स) बाँधस्थल, कन्टोल विल्डिङ, आयोजनासम्म जाने बाटोको अवस्था अवलोकन गर्नुभएको थियो । असोज ११ र १२ गतेको पहिरोमा परेर उक्त आयोजनामा मात्र चार जनाले ज्यान गुमाएका थिए ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मोहनप्रसाद गौतमले तीन हप्ताभित्र नै थोरै भएपनि विद्युत उत्पादन थाल्नेगरी काम गरिरेहको बताउनुभएको थियो । उहाँले हेडवक्स क्षेत्रमा थुप्रिएर बसेको ढुंगा, माटो र ग्रेगान हटाउने काम आयोजनाले गरिरहेको बताउनुभयो । यस्तै, दोलखादेखि लामाबगर सडकखण्डस्थित काभ्रेभीर आसपासमा ठूला ढुंगा खसेकाले बाटो अवरुद्ध हुँदा आयोजना क्षेत्रमा जानआउन समस्या परेको सिईओ गौतमको भनाई थियो ।
उर्जामन्त्री खड्कासँगै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललगायतले आयोजना क्षेत्रको निरीक्षण गर्नुभएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार, फोटो समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्