तीन नम्बर प्रदेशको मन्त्रिपरिषद्को महत्वपूर्ण सात निर्णय

हेटौँडा, मंसिर । प्रदेश नं ३ सरकारको पछिल्लो मन्त्रिपरिषद्को बैठकले विभिन्न सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार बैठकले प्रदेश नं ३ लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुविधासम्बन्धी विषयलाई समेट्ने गरी तयार पारिएको प्रदेश लोकसेवा आयोग ऐन २०७६ संसोधन गर्ने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्टेरिङ कमिटी गठन गर्ने, प्रदेश पूर्वाधार कम्पनी लिमिटेडमा प्रदेश सरकारले लगानी गर्ने र सङ्घीय सरकारलाई पनि लगानी गर्नका लागि अनुरोध गर्ने, दूग्ध विकास नियमावली २०७६ स्वीकृत गर्ने, प्रदेश आर्थिक कार्या्विधि २०७६ स्वीकृत गर्ने र स्थानीय तहलाई समपूरक अनुदान दिने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगको अस्थायी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताउनुभयो । मन्त्रिपरिषद्को बैठक दुई दिनअघि बिहीबार नै बसेको भए पनि बैठकले गरेको निर्णय आज मात्रै सार्वजनिक गरिएको हो ।
यसअघि बैठक लगत्तै सञ्चारकर्मी माझ निर्णय सार्वजनिक गर्ने चलन रहेकोमा पछिल्लो समयमा भने बैठकको एक वा दुईदिनपछि मात्रै जानकारी दिने गरिएको छ । –रासस
क्याटेगोरी : समाचार
ट्याग : #hhot, #तीन नम्बर प्रदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्