बंगलादेशमा हङ्गामा भइरहेको आरक्षण प्रणाली के हो ?
ढाका । बंगलादेशमा आरक्षणविरोधी आन्दोलनले सोमबार नयाँ मोड लिएको छ । उग्रविरोध प्रदर्शन खप्न नसकेर प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देशै छाडेर भाग्न बाध्य भएकी हुन् ।
अहिलेको हिंसा बीउ सन् १९७१ हो । उक्त वर्ष स्वतन्त्रता युद्धपछि पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भयो । त्यसको एक वर्षपछि सन् १९७२ मा बंगलादेश सरकारले स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था गर्यो । बंगलादेशमा अहिले यही आरक्षणको विरोधमा प्रदर्शन भइरहेको हो ।
विरोध प्रदर्शन जुनको अन्त्यमा सुरु भएको थियो । त्यतिबेला यो हिंसात्मक थिएन । तर, यी विरोध प्रदर्शनमा हजारौँ बंगलादेशी विद्यार्थी सडकमा उत्रिने क्रम जारी रहँदा सरकारले बल प्रयोग गर्न थाल्यो अनि यस मामिलाले उग्ररुप लिन थाल्यो ।
जुलाई १५ मा ढाका विश्वविद्यालयका विद्यार्थीहरूको प्रहरी र सत्तारुढ अवामी लिगले समर्थन गरेको विद्यार्थी संगठनसँग झडप भयो । यस घटनामा कम्तीमा एक सय जना घाइते भएका थिए ।

अर्को दिन पनि हिंसा जारी रहँदा कम्तीमा अरू छ जना मारिए । जुलाई १६ र १७ मा थप झडप भएपछि अर्धसैनिक बललाई तैनाथ गरियो । १८ जुलाईमा १९ जना र १९ जुलाईमा थप ६७ जनाको ज्यान गयो । अगस्ट ४ मा भएको हिंसात्मक आन्दोलनमा अरू ९० जना मारिएपछि अहिलेसम्म मर्नेको सङ्ख्या ३ सय जना पुगेको छ ।
- पुरानो आरक्षणमा किन अहिले भइरहेछ विवाद ?
सन् १९७२ देखि लागू भएको यो आरक्षण व्यवस्थालाई सरकारले सन् २०१८ मा खारेज गरेको थियो । तर जुन महिनामा उच्च अदालतले सरकारी जागिरमा आरक्षण प्रणालीलाई पुनर्स्थापित गरिदियो । अदालतले आरक्षण प्रणाली अन्त्य गर्ने निर्णयलाई पनि गैरकानुनी भनेको थियो । अदालतको आदेशपछि देशभर चर्को विरोध सुरु भएको हो ।

- हङ्गामा भइरहेको आरक्षण प्रणाली के हो ?
अहिलेको आन्दोलनको केन्द्रमा आरक्षण प्रणाली रहेको छ । यस प्रणाली अन्तर्गत स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था थियो । सन् १९७२ मा लागू भएको आरक्षण प्रणालीमा त्यसयता धेरै परिवर्तनहरू भइसकेका छन् । सन् २०१८ मा यसलाई खारेज गरिँदा विभिन्न वर्गहरूको लागि सरकारी जागिरमा ५८ प्रतिशत आरक्षण थियो ।
समय–समयमा गरिएका परिवर्तनहरूबाट महिला र पिछडिएका जिल्लाका जनताका लागि १०–१० प्रतिशत आरक्षण दिइएको थियो । धार्मिक अल्पसंख्यकलाई ५ प्रतिशत र अपाङ्गता भएकालाई १ प्रतिशत आरक्षण छ । तर, हिंसात्मक प्रदर्शनको बिचमा जुलाई २१ मा बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरहरूमा ९० प्रतिशतभन्दा धेरै आरक्षण समाप्त गरिदिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बंगलादेशमा हङ्गामा भइरहेको आरक्षण प्रणाली के हो ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्